प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको 'तेही देउरालीमा’ बजारमा

काठमाडाैं | असोज २४, २०८०

प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको 'तेही देउरालीमा’ बजारमा

काठमाडौँ: गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको 'तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ ।

 

काठमाडौको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।

 

गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्षी गीतको म्युजिक भिडियो बिमोचन कार्यक्रम गायक एंव संगीतकार कर्साङ लामाको सभापतित्व, नेपाल राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 

 

 

पारीजात नेपालमा व्यवस्थापक लीलाराज बानिँयाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा सञ्चारकर्मी शरण हुमागाइले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष दावाफिन्जो तामाङले आफु संगीत र यस संग सम्बन्धित क्ष्रेत्रको बिकासको निम्ती आफु लागी परेको बताए । उनले गायिका प्रेमा शेर्पालाई शुभकामना दिए ।

 

सभापती कर्साङ लामाले सहकार्यमा उत्कृष्ट गीत बनेको र दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको बताए । गायिका प्रेमा शेर्पाले आफुलाई साथ सहयोग र हौसला प्रदान गर्नुहुनेहरुप्रती आभार प्रकट गरिन ।

 

डीएनडी तामाङको शब्द, कर्साङ लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतको म्यूजिक भिडियोमा उर्मिला कार्की, कार्साङ लामा, किरण श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय समावेश गरिएको छ ।

 

सन्तोष पराजुलीको प्राविधिक सहयोगमा रामेश्वर हुमाागाईंले छांयाकन गरेको म्युजिक भिडियोलाई राजु श्रेष्ठले निर्देशन गरेका हुन । उक्त गीतमा बाल्यकालदेखिको माया र परिवारिक कारण बिछोड भएको कुरा समावेश गरिएको छ ।
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्